arrow

पश्चिम सुर्खेतका बस्तीमा बाढी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
flood11.jpg

सुर्खेत । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्‍याएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो ।

चौकुने गाउँपलिका-८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ । चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति पुगेको छ । वडा नं २, ३, ४ र १० का केही बस्तीमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । चौकुने-२ मा एक, वडा नं ४ मा दुई घरमा क्षति भएको छ । 

वडा नं ३ गोभ्रामा आएको पहिरोले सात  घर उच्च जोखिममा रहेका छन् भने बेतानखोलबाट आएको बाढीले तीन सय रोपनी खेत बगरमा परिणत भएको छ । यस्तै चौकुने-१० घाटगाउँमा आएको बाढीले पनि दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

गाउँपालिका अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए । उनले बाढीबाट प्रभावित स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितलाई थप आवश्यकतानुसारको राहत वितरण गर्ने तयारी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ