arrow

हाम्रो पात्रो रेमिट र कनेक्ट आइपिएसबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
hamropatro-connect-ips-mou.jpg

काठमाडौँ। नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएस सँग सम्झौता गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ।

हाम्रो पात्रो भित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएस सँग सम्झौता गरेको हो।

जस अनुसार लाभार्थीको बैङ्क खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैङ्क खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ र सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हो। हाम्रो पात्रो रेमिटको निमित्त सिइओ सुदिना गौतम र एनसीएचएलका सिइओ निलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यो अवसरमा हाम्रो पात्रो रेमिट सिइओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताइन्।  तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैङ्कको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपियसको माध्यमबाट लाभार्थीको बैङ्क खातामा केही घण्टा भित्र रकम जम्मा भइसक्ने छ। उनले थपिन्, 'हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो।'

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त रेमिटेन्स कम्पनी हो र यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्राई रहेको छ र छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्दै छ। 

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ। जसअनुरूप प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिटेन्स नेपाल पठाउन सक्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ