arrow

कुन ट्रेन्डिङ समाचार कति पटक पढियो अब ‘नेपाली पात्रो’ मा हेर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
nepali-patro-cover.jpg

काठमाडौँ। यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, 'नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको एन्ड्रोइड मा अपडेटेड भर्जन ६.४.२ तथा आईओएसमा भर्जन ६.३.० सार्वजनिक गरेको छ।

नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ। प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको कम्पनीले जनाएको छ।

यस नयाँ भर्जन अगाडी समेत रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै सजिलो व्यवस्थापन गर्न सकिने सुविधा थपेको छ। प्रयोगकर्ताले लगइन गरेर आफूले रोजेका मन पर्ने समाचार स्रोत मात्रका सञ्चार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरू प्राप्त गर्न सकिने छ।

नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का सिइओ सन्तोष देवकोटा भन्छन्, “‘नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरूलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ। राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरू केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नवीन प्रयोग गरिएको छ। यो साँच्चै गज्जब छ! तपाइलाई मन पर्ने र नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ अपडेट गर्न ढिला नगर्नुहोस्।

‘नेपाली पात्रो’ को नयाँ अपडेटमा के छ?
नयाँ डिजाइन:
सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो। जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरू समेटिएका छन्। जस्तै यस भागमा समाचार खोज्ने देखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ। सोही ट्याबको तल्लो भागमा क्रमशः तस्बिर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरू समावेश गरिएका छन्।

बुकमार्कः आफ्नो रोजाइका विषयगत समाचार सामाग्रीहरू केवल समाचार होइनन ती भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्त्वपूर्ण जानकारी पनि हुन। धेरैले यस्ता सामाग्रीका समाचार लिङ्कहरू नोटप्याडमा, कतै इमेलमा सङ्ग्रह गरेर राख्ने गर्नुहुन्छ। यसकै समाधान भनेको बुकमार्क सुविधा हो। नेपाली पात्रो लगइन गरे पनि नगरे पनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ। लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्ता मध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरूले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आइडीबाट लगइन गरेको खण्डमा सब थोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताहरूले केही कुनै कारणले नेपाली पात्रो पुनः इन्स्टल गर्नुभएमा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गर्नुभएमा सुरक्षित राखिएका बुकमार्क सामाग्रीहरू देखिनेछैनन्।

उपयोगी फुटर ट्याबः त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ। समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेट्ने विभिन्न समाचार स्रोतहरूका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरू देखाएको छ।

ट्रेन्डिङ समाचार: प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूको लागि नेपालमै पहिलो पटक क्लिकको सङ्ख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नयाँ अपडेटेड समाचार UI ले तपाइलाई कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने सङ्ख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्बिरमा आँखा चिन्ह सँगै देखाइएको छ ।

तेस्रो फुटर ट्याबः फुटर भागको तेस्रो सुविधा भनेको तपाइको लागि (पर्सनलाइजेशन) सुविधा हो र यो गज्जब छ । यसमार्फत प्रयोगकर्ताले आफूलाई मन पर्ने विश्वसनीय समाचार स्रोतहरू मात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरू छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरू मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ।

चौथो फुटर ट्याबः यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ती प्रयोगकर्ताहरूका लागि स्मार्ट समाधानको रूपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएका छ । आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्त्वपूर्ण नोटिफिकेशन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरूका लागि निःशर्त व्यवस्थित तथा हो-हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समेटेको छ । जसमा नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरूले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरिका महत्त्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्नुहुनेछ । यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरू क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा सङ्केतको रूपमा रहेको छ भने त्यो निलो घेरा त्यस बेला मात्र हट्ने छ जति बेला तपाईँले त्यस समाचार नोटिफिकेशनलाई क्लिक गर्नुहुनेछ । यस सुविधाले तपाइले कुन नोटिफिकेशन पढ्नु भो या पढ्नुभएको छैन भन्ने कुरा सम्झाइरहने छ ।

पाँचौँ फुटर ट्याबः ‘’नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरू तथा नवीन आविष्कार हरुलाई विविध सुविधाहरूको रूपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।

शीर्ष १० समाचार: यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्त्वपूर्ण समाचारलाई स्वचालित ढङ्गले सङ्गृहीत गरी देखाउने छ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरूलाई छुट्टाएर एपले शीर्ष १० समाचार तथा तपाईँलाई मन पर्न सक्छ शीर्षक मार्फत समाचार सुझाउने छ ।

सन् २००६ मा प्रथम पटक सार्वजनिक गरिएको ‘नेपाली पात्रो’ हाल एक करोड डाउनलोडको नजिक पुगेको र आगामी ६ महिनामा विविध नवीन प्रयोग सहितका सुविधाहरू थप्ने योजनामा रहेको छ । हल  दैनिक रूपमा १३ देखि १४ लाख दैनिक प्रयोगकर्ताहरूले नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरू, विभिन्न जातजाति, भाषा भाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी लिँदै आएका छन् । ‘नेपाली पात्रो’बाट नेपाली समय तिथि मिति, पञ्चसङ, शुभ साइत / मुहूर्त घडी पलाहरूको सम्पूर्ण जानकारीहरू सजिलै हाम्रो वेबसाइटबाट, अथवा तपाईँको स्मार्टफोनमा डाउनलोड गरी संसारको जुनसुकै कुनाबाट सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

‘नेपाली पात्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमै केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्म पत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरूको उपयोग गरिएको) बनाउन सकिने कम्पनीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ