arrow

महिला राजनीतिमा होमिनु आवश्यक छ – आरजू देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
arzu-birjung-123.jpg

वीरगञ्ज । नेपाली कांग्रेसकी नेतृ डा आरजू राणा देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै  महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छिन् ।  पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताइन् । 

संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै उनले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले यसलाई सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । 

सो अवसरमा उनले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गरिन् । दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।  



नयाँ