arrow

प्रचण्डको गुनासो - माओवादीलाई हेर्ने दृष्टिकोण फेरिएन

माओवादी उस्तै छ कि भन्ने भ्रम छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
prachanda-dahal-media-brief.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति पक्रियामा वर्षौँ भइसक्दा पनि माओवादीलाई हेर्ने दृष्टिकोण नफेरिएको बताएका छन् । बिहीबार एक कार्यक्रममा पुगेका प्रचण्डले यस्तो गुनासो गर्दै यस्तो गुनासो गरेका हुन् । 

प्रचण्डले कतिपयको नजरमा माओवादी अहिले पनि उस्तै छ भन्ने भ्रम रहेको बताउँदै उक्त भ्रम त्याग्नु पर्नेमा जोड दिए । 

प्रचण्डले भने,' अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम छ । अहिले हामी शान्ति प्रक्रियामा सहभागी छौँ । हामी उस्तै छौ भन्ने विभ्रम त्यागौँ । युद्धले शान्ति ल्याएको हो, शान्तिले लोकतन्त्रलाई सुदृढ गरेर गणतन्त्रमा पुर्‍याएको छ ।'
 



नयाँ