arrow

बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार युवतीको उद्धार, चार पुरुष पक्राउ

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ असोज ८ शनिबार
crime-final-everytime-use.jpg

नवलपरासी पश्चिम । बेचबिखनको लागि भारततर्फ लैजाँदै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवतीको उद्धार गरेको छ भने चार पुरुषलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल (बीओपी) भुजहवा र भारतीय सुरक्षा सीमा बल (एसएसबी) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसँग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो । 

उनीहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको  सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी केशवराज थापाले बताए । 

उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ