arrow

३५ जुवाडे पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
juwa-ko-khal.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । देशका विभिनन स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइलसहित पक्राउ गरेको हो । 

काठमाडौंकै बुढानीलकण्ठ नगरपालिका–११ कपन प्रगति चोक बस्ने लब्जीबहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालााई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेक हो । 

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोल बस्ने गोमे गरुङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ८ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने कुमार कार्कीको युएण्डमी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार २ सय ५० रूपैयाँ, १ थान सिसिटिभि क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक ताससहित पक्राउ गरेको हो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ