arrow

कांग्रेस नेताद्धारा एयर होस्टेस बलात्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
rape-congress-leader-india.jpg

दिल्ली । भारतको राजधानी दिल्लीको महरौली क्षेत्रबाट एयर होस्टेसलाई बलात्कार गर्ने कांग्रेस आईका नेता पक्राउ परेका छन् । 

आइतबार पीडितले आरोपीलाई पक्राउ गराएकी छिन् । आरोपीलाई घरमा बन्द गरेर उनले ११२ मा डायल गरेर घटना बताएपछि तत्काल आएर प्रहरीले उनलाई पक्राउ गरेको हो । 

ती महिलाकाअनुसार हरिजित यादवले उनलाई बलात्कार गरेका हुन् । डेढ महिनादेखिको चिनजानका क्रममा मदिराको नशामा यादवले ती एयर होस्टेसमाथि दुष्कर्म गरेको पीडितको आरोप छ । 

यादव खानपुरमा बस्छन् । उनी कांग्रेस पार्टीका ब्लक प्रमुख हुन् । महिलाको बयानका आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ । 

दिल्लीमा दैनिक दुई महिलामाथि बलात्कार हुँदै आएको छ । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ