arrow

पर्यटनमा पुनर्विचार गरौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
tourism-nepal-2079.jpg

काठमाडौैं । ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाइएको हो । 

‘पर्यटनमा पुनर्विचार गरौं’ अर्थात् ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाइएको हो । 

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । दिवस भव्य रूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको थियो । 

यसैबीच सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो ।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागन भएको थियो । 

कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ ।

विभिन्न भ्रमण वर्षका योजना बनाउने कार्यक्रम तय भए पनि त्यसको ठोस कार्यान्वयन नहुँदा खर्च बढी आम्दानी कम हुँदै आएको छ । तर नेपालजस्तो सुन्दर अरु कुनै देश नभएको दाबी मिथ्याजस्तो लाग्छ । 

त्यतिमात्र होइन नेपालको संस्कृति, सभ्यता र प्रचलनले नै पर्यटक आकर्षण गर्न पर्याप्त भएको दाबी पर्यटनविद्हरुको छ । तर त्यसलाई बेच्न सरकार कहिल्यै अग्रसर नभएको उनीहरुको आरोप छ । 

_MG_9043.jpg
पर्यटनमा पुनर्विचार गरौं
_MG_9066.jpg
_MG_9074.jpg
_MG_9091.jpg
SRG_1448.jpg
SRG_1452.jpg
World Toursim Day 1.jpg
World Toursim Day 2.jpg
World Toursim Day 3.jpg
World Toursim Day 4.jpg
World Toursim Day 5.jpg
World Toursim Day 6.jpg
World Toursim Day 8.jpg
World Toursim Day 9.jpg
World Toursim Day 10.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ