- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा राखिएका बस सञ्चालन गर्न निर्देशन दिएका थिए । पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उनले सर्वपक्षीय बैठक बोलाई ११ बजेभित्र बस सञ्चालनसम्बन्धी निर्णय लिन कडा निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशनपछि लुम्बिनी विकास कोष पनि सक्रिय भएको छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले प्रेस विज्ञप्ति जारी गर्दै असोज १५ गतेदेखि ५ दिनसम्म अफिसियल परीक्षण हुने गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।