arrow

डोटीमा गठबन्धन गरे भोट नहाल्ने कांग्रेस पालिका सभापतिहरूको निर्णय

नेकपा एसका प्रेम आले र प्रदेशसभाको ‘ख’ क्षेत्र माओवादी केन्द्रका त्रिलोचन भट्टलाई दिने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
nepali-congress-flag-tree00.jpg

डोटी । आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने निर्णय कांग्रेस पालिका सभापतिहरूले गरेका छन् । मङ्गलवार सिलगढीमा बसेको पालीका कांग्रेस सभापतिहरूको बैठकले गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस दिसिनपा सभापति गणेश मलासिको अध्यक्षतामा बसेको बैठकले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस केआई सिं गाउँपालिका सभापति अर्जुन बलायर बताए । उनले भने,´डोटीमा गठबन्धनको आवश्यकता छैन । गठबन्धन कुनै हालतमा स्वीकार्य हुँदैन ।´

केन्द्रीय कार्यसमितिले जबरजस्ती गठबन्धन लाद्न खोजे चुनावी प्रचारप्रसार तथा भोट नहाल्ने निर्णय गरेको समेत बलायरले जानकारी दिए।

पुर्बीचौकी गाउँपालिका सभापति बलबहादुर खड्काले जनआधार नै नभएको पार्टीलाई गठबन्धन नाममा टिकट दिए कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले भने ,´स्थानीय निर्वाचन जस्तै मङ्सिर ४ गते मित्रवत् प्रतिस्पर्धा गर्दा उपयुक्त हुन्छ ।´

स्थानीय तहको नतिजाअनुसार कांग्रेसको देशभरकै नम्बर १ जिल्ला हुँदाहुँदै गठबन्धनका नाममा अरूलाई दिन खोजे कांग्रेसले सशक्त विद्रोह गर्ने नगर सभापति मलासीले बताए ।

स्रोतका अनुसार गठबन्धनका प्रतिनिधि सभा नेकपा एसका प्रेम आलेलाई र प्रदेशसभाको ‘ख’ क्षेत्र माओवादी केन्द्र त्रिलोचन भट्टलाई दिन लागिएको छ । बाँकी रहेको प्रदेश सभाको ‘क’ निर्वाचन क्षेत्र मात्रै कांग्रेसको भागमा पर्न सक्ने देखिएको छ ।

यही सङ्केत पाएपछि डोटी कांग्रेसका नेताहरू आक्रोशित भएका हुन् । पार्टीभित्रका सामान्य विवादलाई हवाला दिँदै गठबन्धन लाद्ने काम भए डोटी कांग्रेस एक ढिक्का भएर संस्थागत ढङ्गबाटै विद्रोहमा जाने कांग्रेस नेताहरूले बताएका छन् ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ