arrow

मेस्सीको दुई गोलले जित्यो अर्जेन्टिना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
messi-argentina-jamaica.jpg

काठमाडौं । लियोनल मेस्सी चम्किँदा मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३–० ले हराएको हो ।

अर्जेन्टिनाको जितमा मेस्सीले दुई गोल गरे । जुलियन अल्भारेजले एक गोल गरे ।

१३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाएका थिए । मेस्सीले भने अन्तिम चार मिनेटको खेलमा दुई गोल गरेका थिए । 

मेस्सीले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन् । अन्य मैत्रिपूर्ण खलमा ब्रजिलले ट्युनिसियालाई ५–१ ले हरायो ।

अल्जेरियाले नाइजेरियालाई २–१ ले हरायो । माल्टाले इजरेललाई २–१ ले हरायो ।

पेरुले एल साल्भाडोरलाई ४–१, होन्डुरसले ग्वाटेमालालाई २–१ ले हरायो । कोलम्बियाले मोरक्कोलाई ३–२ ले हरायो । 

पाराग्वेले मोरक्कोसँग गोलरहित बराबरी खेल्यो । 


 



नयाँ