arrow

मृत भेटिइन् विश्वविख्यात स्की आरोही हिलारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार

गोरखा । उत्तरी गोरखाको  मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन् । अमेरिकी नागरिक नेल्सन बुधबार बिहान मृत भेटिएकी हुन् ।  

नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौं पठाइएको  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए । “आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उनले भने ।

काठमाडौंको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका छभन् । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् । 

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।  

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

_A7R3061.JPG
_A7R3066.JPG
_A7R3059.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ