arrow

शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
deuba-shekhar.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र इतर पक्षबीच निर्णायक छलफल भइरहेको छ । संस्थापनले समानुपातिकमा एकलौटी गरेपछि आक्रोशित बनेको कोइराला पक्ष समान न्यायका लागि आन्दोलित रहेको छ । 

यदि न्याय नपाए आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसमेत वहिस्कार गर्नेसम्मको कठोर नीति लिन सक्ने बताउँदै नेतृत्वलाई न्यायका लागि दबाब दिएसँगै संस्थापन केही लचिलो देखिएको छ । 

विभिन्न चरणमा वार्ताहरु भइरहेका छन् । यसलाई निचोडमा पुर्याएर प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा न्याय गर्नका लागि देउवा लचिलो देखिएको पाइएको छ । 

यदि यसमा देउवा पक्ष लचिलो भए आगामी यात्रा सहज हुने र कांग्रेस थप मजबुद हुनेसमेत दाबी गरिएको छ । 

गत सातादेखि कोइराला पक्षले न्यायका लागि पहल गर्ने र सम्भव नभए विद्रोह गर्ने भन्दै खवरदारी सभासमेत गरेको थियो । त्यस्तै पार्टी मुख्यालयमा धर्नासमेत दिएको थियो । 

बिहीबार बिहान बडादशैंको शुभकामना आदानप्रदान गर्ने क्रममा शेखर पक्षले नयाँ रणनीतिसमेत बनाइरहेको बताएको छ । 

तर सभापति शेखबहादुर देउवा माग सम्बोधनका लागि लचक रहेको बताएसँगै सहमति नजिक पुगेको बताइन्छ । 

यदि सहमति बन्न नसकेमा स्थिति गम्भीर हुनेतर्फ पनि सचेत गराइएको छ । यदि कांग्रेसभित्र सहमति बन्न सकेन भने यसले सत्ताधारी गठबन्धनलाई समेत असर पार्नेतर्फ अन्य दलहरु पनि सचेत रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ