arrow

दलीय भागबण्डाका आधारमा प्रतिष्ठान गठन भएको भन्दै ध्यानाकर्षण पत्र

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असोज १३ बिहिबार
dhyanakarshan-patra11.jpg

मोरङ । दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला बिहीबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशवप्रसाद गिरी (केशु बिरही) ले बेलबारी नगरपालिकाका उपमेयर तथा शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बिरहीले उपमेयर नितु थापा कोइराला र शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालामार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा भाषा, साहित्य, कला, संस्कृतिको सर्वागिण विकासका लागि गठन हुने यस्ता संस्थामा क्षमता र योग्यतालाई भन्दा पनि मात्र राजनीतिलाई मुख्य आधार बनाइयो भने यसले बेलबारीको भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्ने कुरामा सहमत हुन नसकिने र गठन गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्यहरुका विषयमा पुनर्विचार गर्नुपर्ने र सोही क्षेत्रमा योग्यता र क्षमता भएका व्यक्तिहरुलाई राख्न माग गरिएको छ ।

भाषा, संस्कृति, कला,साहित्य, बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको विकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरुको साझा संस्थाको रुपमा हेरिएको बेलबारी प्रज्ञा प्रतिष्ठान दलिय भागबण्डामा गठन भएको भन्दै चौतर्फी विरोध शुरु भएको थियो ।

बेलबारी नगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानमा सम्बन्धित क्षेत्रका व्यक्तिहरु भन्दा पनि अन्य क्षेत्रका ब्यत्तिहरुलाइृ समावेश गरी दलिय भागबण्डामा आधारमा प्रतिष्ठान गठन गरिएको भन्दै सम्बन्धित क्षेत्रका व्यक्तिहरुले नै असन्तुष्टि जाहेर गरेका छन् । ११ सदस्यीय समितिमा आधा भन्दा बढी सदस्यहरु सोही क्षेत्रमा अनभित्र ब्यक्तिहरु रहेको उनीहरुको आरोप छ ।

बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (फ) ५ मा भएको ब्यवस्था अनुसार सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौं नगरसभाले सो ऐन पारित गरेको थियो । 

ऐनमा नगरपालिका भित्रका सबै भाषा, संस्कृति, कला, साहित्य बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको विकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरुको भोल बोलाई समावेशी सिद्धान्तको आधारमा ११ जना सदस्य संख्या भएको परिषदको तदर्थ समिति गठन गर्ने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ