arrow

बलात्कार आरोपी सन्दीप लामिछाने २० असोजमा मात्रै नेपाल आइपुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
sandip-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले अक्टोबर ६ मा नेपाल आउने सामाजिक सन्जालमार्फत बताएका हुन् ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । प्रहरीले इन्टरपोललाई लगाइसकेको छ । यद्यपि शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

क्यानले सन्दीपलाई बचाउने अनेक उपाय लगाउन खोज्दा उनी नै सम्पर्क बाहिर गएपछि भने अब क्यानले पनि उनको पक्ष लिने सम्भावना कम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ