arrow

नेकपा एसलाई घेराबन्दी गर्ने माओवादीको कोसिस, कांग्रेस लचिलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रले घेराबन्दीमा राख्ने कोसिस गरेको छ । गठबन्धनबाट आफ्नो अनुकुलतामा सिट फुत्काउने र त्यहाँबाट कांग्रेस र एसको समर्थनमा बढी सिट जित्ने चाहना राख्दा एस पार्टी माओवादीको घेराबन्दीमा परेको हो ।

एस पार्टीका पदाधिकारीहरुले दाबी गरिरहेको स्थानमा माओवादीले नछाडेपछि माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डबीच खटपट उत्पन्न हुने परिस्थितिसमेत बनेको छ । जसले गर्दा यतिबेला कांग्रेसको सहयोगमा एस पार्टीले केही स्थानमा माओवादीको साथ बिना नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । 

माओवादीले माधवकुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेम आले बाहेक सबै नेताहरुको विषयमा खटपट पैदा गर्ने र जसरी पनि आफूले सिट राख्नुपर्ने भन्दै माधव नेपाललाई दबाबमा राखेको छ ।  

नेपाल, खनाल, झाँक्री, खतिवडा, श्रेष्ठ र आलेले निर्वाचन जित्ने स्थानमा माओवादी निकै कमजोर रहेकाले चुपचाप बसेको हो । एस पार्टीलाई माओवादीले घेराबन्दी गरेको थाहा पाएपछि कांग्रेसले पनि एसलाई सहयोग पुग्ने गरी केही स्थानमा माओवादीलाई दबाबमा राखेको छ । 

नेकपा एसका नेताहरु राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, भानुभक्त जोशी र शिव भण्डारीको लागि माधव नेपालले अडान छाडेका छैनन् । 

दोलखाको हकमा भने एस पार्टीले कांग्रेसलाई सहयोग गर्ने अवस्था पनि रहेको छ । तर माओवादीलाई भने एस पार्टीको सहयोग नरहने स्रोतले जनाएको छ । अन्य सीटमा भने लगभग सहमति छ । 

राजेन्द्र पाण्डे उम्मेदवार बन्ने धादिङ २ मा माओवादीका शालिकराम जमकट्टेलको सशक्त दाबी छ । जमकट्टेल भावी मुख्यमन्त्रीको ग्यारेन्टी नभएसम्म प्रतिनिधि सभा छाड्ने पक्षमा छैनन् । 

जबकी मुख्यमन्त्रीका लागि यसअघिकै प्रवल दावेदार रहेका कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ प्रदेश सभाको उम्मेदवार बन्ने पक्कापक्की रहेको छ । त्यस्तै उपमहासचिव प्रकाश ज्वालाका लागि नेकपा एसले सल्यानमा अडान राखेको छ । 

तर माओवादीले जितिराखेको क्षेत्र मापदण्डअनुसार पनि उसैको भागमा पर्ने भएकाले शीर्ष तहमा वार्ता चलिरहेको छ । प्रकाश ज्वालाले कर्णालीमा माओवादी सरकार टिकाउन सहयोग गरेका थिए ।

केन्द्रमा केपी ओलीलाई ढाल्न र प्रदेश सरकारहरुबाट एमालेलाई सबैतिर हटाउन आफूहरु निर्णायक भएकाले त्यसको मूल्यांकन हुनुपर्ने नेकपा एसको भनाइ छ । 

नेकपा एसका अर्का उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर २ मा बागी भए पनि उम्मेदवारी दिने पक्षमा रहेका छन् । सो क्षेत्रमा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए ।

राईको अवस्था बलियो नभएको र विगतमा कांग्रेसकै उम्मेदवारमाथि आक्रमण गरेको घटनाक्रमले उदयपुर २ मा माओवादी कार्यकर्ताले सहयोग नगर्ने परिस्थितिमा खतिवडाका लागि कांग्रेस सहयोगी बन्ने अवस्था छ ।

त्यसैगरी शेरबहादुर कुँवर र भानुभक्त जोशीका लागि पनि एस पार्टीले कांग्रेसको साथ खोजिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ