arrow

शेखर कोइराला समूहको स्पष्ट लाइन, प्रत्यक्षतर्फ ४० प्रतिशत नै चाहिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
deuba-shekhar.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेस भित्रको डा. शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थिति बिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरुलाई जानकारी दिए । 

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन ।

निर्वाचन आयोगले आगामी आइतबारका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । अहिलेसम्म कांग्रेसले पार्टीभित्रको विवाद मिलाएको छैन । सत्ताधारी पाँच दलीय गठबन्धनले पनि कुनै निर्णय लिन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ