arrow

हतियार बुझाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
bharuwa-banduk.jpeg

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन  सार्वजनिक सूचना जारी गरेको छ ।

 गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।

खासगरी, निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न यस्ता हतियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाई सक्नुपर्ने अन्यथा प्रचलित कानुुनबमोजिम भइजाने प्रजिअ दाहालले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ