arrow

बाँकेमा देउवा समूहलाई मात्रै टिकट

बाँके २ को टिकट सुदिप राणालाई, यस्ता छन् अरू उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Congress-banke-party.jpg

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । बाँकेमा  कांग्रेसको टिकट दिइरहँदा शेखर कोइराला समूहलाई टिकटबाट वञ्चित गर्दै देउवा समूहलाई मात्रै टिकट दिइएको छ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सुदिपनरसिंह राणाले टिकट पाएका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा राजकुमार बर्मा र २ (ख) मा सुरेन्द्र हमाललाई टिकट दिइएको छ । 

यस्तै १ (ख) मा फुलाराम थारु र ३ (ख) मा बादसाह कुर्मीले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ मा यसअघि नै सहमहामन्त्री किशोरसिंह राठोरले टिकट पाइसकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ