विराटनगर । राप्रपा नेतृ एवं अभिनेत्री रेखा थापाले मोरङ्गबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । उनले मोरङ्ग ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
उक्त क्षेत्रबाट निवर्तमान सांसद एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनील शर्माले उम्मेदवारी दिँदैछन् ।