arrow

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन : तनहुँमा ६२ को उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
ramchandra-poudel-1618230382.jpg

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ–१ को प्रतिनिधि सभा सदस्यका लागि १६, प्रदेश सभा (क)का लागि १२ र प्रदेश सभा (ख) का लागि सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ–२ को प्रतिनिधि सभा सदस्यका लागि १०, प्रदेश सभा १ (क)का लागि १० र प्रदेश सभा (ख)का लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । 

तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, नेकपा (एमाले)बाट एकबहादुर राना, राप्रपाबाट विनोद घर्तीलगायतको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर थापा, राप्रपा नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै स्वतन्त्ररूपमा गोविन्दराज जोशी, पृथ्वीनारायण श्रेष्ठ, प्रवीण पौडेल, रामचन्द्र कार्की, विश्वनाथ बाँस्तोलाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ–१ प्रदेश सभा (क) तर्फ कांग्रेसबाट अशोककुमार श्रेष्ठ,  एमालेबाट रामबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट अर्जुन गुरुङ, राप्रपा नेपालबाट विजयकुमार शाही, राप्रपाबाट विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिं थापा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भीमबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)बाट विद्या ढकाल, मौलिक जरोकिलो पार्टीबाट चिजकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्ररूपमा हरिराज जोशी, नगेन्द्र पौडेल र रामबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । 

तनहुँ–१ प्रदेश सभा (ख)तर्फ नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान, एमालेबाट पूर्णबहादुर गुरुङ, एकीकृत समाजवादीबाट कलिला खान, राप्रपाबाट राजु गोतामे, राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ र जनता समाजवादीबाट किसान भुजेलले उम्मेदवारी दर्ता गराएका छन् । 

तनहुँ क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसबाट शङ्कर भण्डारी, एमालेबाट किरण गुरुङलगायतको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विपीनराज तिवारीले जानकारी दिए । त्यस्तै स्वतन्त्ररूपमा विष्णु पराजुलीको उम्मेदवारी दर्ता भएको छ । 

क्षेत्र नं २ प्रदेश सभा (क)तर्फ माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, एमालेबाट श्यामराजा महतको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं २ प्रदेश सभा (ख)तर्फ कांग्रेसका जितप्रकाश आले, एमालेका केदार सिग्देललगायतको उम्मेदवारी दर्ता भएको छ । 

निर्वाचन कार्यतालिकाबमोजिम असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गरिनेछ । 

महिला उम्मेदवार चारमात्रै
तनहुँमा ६२ जनामध्ये महिला उम्मेदवारको सङ्ख्या चारमात्रै रहेको छ । त्यसमध्ये प्रतिनिधि सभामा दुई र प्रदेश सभामा दुई महिलाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नं १, क्षेत्र नं २ को प्रतिनिधि सभामा महिलाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेश (ख) र क्षेत्र नं २ को प्रदेश (ख) मा महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ