- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप रु दुई लाख उपलब्ध गराउने भएको छ ।
मष्टा गाउँपालिका-१ तुफानडाँडामा बुधवार दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रु दुई लाख उपलब्ध गराउने जानकारी दिए ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको सु प प्र ०१-००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफानडाँडामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।