arrow

सबै दलले प्रतिबद्ध भएर मत दिन प्रचण्डको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
prachanda-mcc.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्नमात्रै नभएर राष्ट्रको रक्षाको निम्ति सैद्धान्तिक र वैचारिक धरातलमा गठबन्धन गरिएको बताएका छन् ।   पाँच दलीय सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सबै दलले प्रतिबद्ध भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । 

“संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो गठबन्धन हो”, उनले भने, “हामी आज एकातिर गठबन्धन एउटा बृहत् महान उद्देश्यका निम्ति एक भएको हो भन्ने कुरा तपाईंहरू सबैसित शेयर गर्न आएको हो, अर्को हामी एक छौँ भन्न पनि आएको हो, तपाईंहरूले पनि गहिरोसँग आत्मसात गरिदिनु होला ।”

उनले गठबन्धन विजयी हुनैपर्ने बताउँदै विजय भइसकेपछि पनि यो देशमा प्रतिगमन, प्रतिक्रान्ति र निरङ्कुशताको खतरा रहिराख्ने भएकाले अग्रगामी लोकतान्त्रिक शक्तिहरूको मोर्चा आवश्यक रहेको भनाइ राखे । उनले त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने भएकाले सम्पूर्ण तागतसहित लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ