arrow

भाइटीकाका दिन बिते वडाध्यक्ष राना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
gorkha_district_map.png

गोरखा । नेकपा एमालेबाट निर्वाचित गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार घरमा नै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस् भएपछि उनलाई गोरखा अस्पतालमा पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न नसके जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

एमाले निकट युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ