arrow

नोभेम्बर ८ मा न्यूयोर्क स्टक एक्सचेन्जबाट हट्दै ट्विटर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
twitter.jpg

काठमाडौं । युएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिशनको नयाँ फाइलिङ अनुसार ट्विटरको स्टक नोभेम्बर ८ मा न्यूयोर्क स्टक एक्सचेन्जबाट हटाइने भएको छ ।

एलन मस्कले ट्विटर खरिद गरिसकेपछि नोभेम्बर ८ मा ट्विटर न्यूयोर्क स्टक एक्सचेन्जबाट हटाइने भएको हो। संयोगवश अमेरिकी मध्यावधि निर्वाचनकै दिन स्टक एक्सचेन्जबाट ट्विटर हटाइने भएको हो ।

विश्वकै धनाढ्य एलन मस्कले प्रति सेयर ५४.२० का दरले ४४ अर्ब अमेरिकी डलरमा ट्टिवर खरिद गरेका हुन् । यससँगै अब ट्विटर प्राईभेट कम्पनी भएको छ । त्यसैले यो अब न्यूयोर्क स्टक एक्सचेन्बाट हटाइने भएको हो ।

ट्विटर खरिद गरेपछि मस्कले सीईओसहितका तीन प्रमुख अधिकारीहरुलाई बर्खास्त गरेका छन् । यस्तै कम्पनीको पुरानो बोर्ड पनि हट्ने भएसँगै नयाँ बोर्ड गठन हुने ठानिएको छ ।

यसैबीच ट्विटरमा अनेकौं फेरबदल आउने कुरा आइरहँदा मस्कले ट्विटरको कन्टेन्ट सुधार नीतिमा अहिलेसम्म कुनै पनि परिवर्तन नगरिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ