arrow

मस्कले ट्विटर किनेपछि डोगेकोइनको मूल्य ७० प्रतिशतले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
elonmusktwitter.PNG

काठमाडौं । विश्वकै धनाढ्य टेस्लाका मालिक एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेपछि डोगेकोइनको मूल्य शनिबार ७० प्रतिशत भन्दा बढीले बढेको छ । क्रिप्टोकरेन्सीका कडा समर्थक मस्कले ट्विटर किनेसँगै डोगेकोइन र बिट्क्वैनको मूल्य बढेको हो ।

टेस्लाले यस वर्षको शुरुमा डोगेकोइनलाई आधिकारीक भुक्तानीका रुपमा प्रयोग गर्ने तयारी गरेको थियो । हालै मस्कले सार्वजनिक गरेको र्पफ्युमलेसमेत पेमेन्टका लागि डोगेकोइनलाई स्वीकार गरेको छ ।

क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सले ट्टिवर खरिदमा मस्कलाई ५० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यसले ब्लकचैन प्रविधिले कसरी ट्विटरलाई मद्दत गर्नसक्छ भनेर सहयोग गर्ने समेत बताएको छ ।

यसअघिका ट्विटरका संस्थापक एवं सीईओ ज्याक डोर्सीसमेत क्रिप्टोकरेन्सीका समर्थक रहेका थिए । त्यतिबेला पनि ब्लकचैन कम्पनीहरुले ट्विटरलाई समर्थन गर्दै आएका थिए ।

अहिले मस्कले नै ट्विटर किनेपछि डोगेकोइन लगायत क्रिप्टोकरेन्सीको मूल्य बढ्न थालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ