arrow

बार्सा स्टार पिकेले संन्यास लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
gerard-pk.jpg

काठमाडौं । स्पेनिश फुटबल क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् । 

पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने निर्णय लिएका थिए । बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ । ‘मैले सधै भनेको छु । बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् । 

पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए । यसपछि म्यानचेस्टर पुगेका थिए । सन् २००७–०८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए । 

यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफी जितिसकेका छन् । जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ । पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ