arrow

विनोद चौधरी भन्छन् – सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
binod-chaudhary-2079-07-18.jpg

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीले सत्ताका लागिमात्र गरिने राजनीतिको आयु कम हुने बताएका छ्न् ।

राजनीतिको मूल प्रवाह विकास निर्माणसँग जोडिनु पर्ने बताउँदै चौधरीले युवा, महिला र सबै बर्ग अट्ने गरी स्पष्ट विकासको खाका कोरेर अघि बढ्नु पर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे ।

वडा कार्यसमिति बर्दघाट १३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता चौधरीले आम मतदाता र उम्मेदवारबीचको दूरी चिर्ने गरी आफू मैदानमा उत्रिएको जिकिर गरे । 

संगठनको ऐक्यबद्धताले नै यो क्षेत्रको विकास र परिवर्तनमा हातेमालो गरी अघि बढ्न सकिने उनको भनाइ छ । 

आम कार्यकर्ता र मतदाताको भावनालाई समेटेर हिँड्नु र त्यसलाई सही रुपमा दिशानिर्देश गर्ने गरी लागिपर्नु नै आफ्नो कर्तव्य हुने चौधरीले बताए । 

नेता चौधरी यतिबेला बर्दघाट नगरपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ