काठमाडौं । आगामी मङ्गलवार पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । दिउँसो २.५३ बजेबाट चन्द्रग्रहण सुरु हुनेछ । चन्द्रमा उदाएसँगैग्रहण पनि देखिनेछ । जसका कारण देशमा सुतक हुनेछ । चन्द्रग्रहणको सुतक ९ घण्टा अगाडि सुरु हुन्छ । पूर्णग्रहण भएको ठाउँमा चन्द्रमा रातो देखिनेछ ।
गत कार्तिक ८ मङ्गलवार सूर्यग्रहण लागेको थियो । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
न्युयोर्कमा नोभेम्बर ८ मा बिहान ३.०२ बजेबाटग्रहण सुरु हुनेछ, बिहान ५:१६ बाट पूर्ण चन्द्रग्रहण देखिनेछ र ६.४१ मा चन्द्रग्रहण लाग्ने छ । यसपछि चन्द्रमा उदाएसँगैग्रहण नेपालमा देखिने छ । २२ कार्तिक पछि २०८० वैशाख २२ गते आंशिक चन्द्रग्रहण र कार्तिक ११ मा चन्द्रग्रहण लाग्नेछ।
हिन्दु धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ ।ग्रहणकलामा धेरै किसिमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ ।ग्रहणको क्रममा अन्न र जल खानुहुँदैन । चन्द्रग्रहणको क्रममा स्नान पनि गर्नुहुँदैन ।ग्रहण सकिएपछि वा शुरु हुनुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ ।ग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन । यसले आँखामा नकारात्मक असर पार्न सक्छ ।ग्रहणको क्रममा मन्त्रको जप गर्न सकिन्छ ।
पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नैग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्।
फलस्वरूप कहिले पृथ्वीको छाया चन्द्रमामा र कहिले चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी छाया परेको अवस्था नैग्रहणको अवस्था हो। पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बिचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ। छायाको यस्तो अवस्था नै चन्द्रग्रहण हो।
चन्द्रमाको पुरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ ।
पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुई वटा यस्ता अवसर आउँछन् जति बेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन्।
अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन् । यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबिचमा पर्न आउँछन्। त्यस बेलाग्रहण हुन्छ। ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्रग्रहण हुन्छ ।