arrow

बलात्कार आरोपमा पक्राउ परे विश्वकप खेल्न गएका श्रीलंकाली क्रिकेटर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
danushka-gunathilaka-cricket.jpg

काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका श्रीलंकाली खेलाडी धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

२९ वर्षीया महिलाले प्रहरीमा धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आज बिहानै उनी पक्राउ परेका हुन् । क्रिकइन्फोका अनुसार गत बुधबार रोज बेमा गुनाथिलाकाले महिलामाथि यौन दुर्व्यवहार गरेका थिए ।

थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ । 

उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन् । 

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै आज स्वदेश फर्किएका छन् । उनी पहिलो चरणको खेलमै ह्यामस्ट्रिङ इन्जुरी भएपछि बाहिरिएका थिए । 

उनलाई भोलि डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको क्रिकइन्फोले लेखेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ