- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राजधानीमा आज दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतिक मानिएको समा चकेवा पर्व मनाइएको छ। माइतीघरमा भेला भएर थारु समुदायले आज पूजा गर्नुका साथै नाचगान गरेका थिए।
स्त्रीहरूको संगठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटुट प्रेम तथा घुसघुसे एवं कुरौटे (चुगला) हरूलाई सजाय दिने सन्देश बोकेको 'समा-चकेवा' पर्व सम्पन्न भएको छ ।
समा चकेवा पर्वको महत्वपूर्ण पात्र पानिने चुगलाको खराब छविलाई दर्शाउँदै कुटपिट गरेर चुगलाको कृतिम दाह्री, जुंगा जलाएर समा चकेवा बिसर्जन गरिएको हो ।
यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ ।