arrow

सिद्धार्थ होटलको कोठामा पत्रकार सरोजराज अधिकारी मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
sarojraj-adhikari.jpg

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सिद्धार्थ होटलमा उनी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि उनकी श्रीमतीले प्रहरीमा निवेदन दिएकी थिइन् । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुण्डिएको अवस्थामा फेला पारेको हो । 

उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनले कान्तिपुर, नयाँ पत्रिका लगायत सञ्चार माध्यममा काम गरेका थिए। अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ