पशुपतिनाथको कृपा प्राप्तिका लागि रवीन्द्रले गरे पूजा
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
844
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज बिहान श्री पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गरेका छन् ।
काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका मिश्रले धर्मपत्नीसहित पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रुद्राभिषेक पूजा गरेका हुन्।
रुद्राभिषेक पूजा भगवान् पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो। रुद्राभिषेक पूजामा भगवान् शिवको विभिन्न रूप मध्येको एक शिव लिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ।
पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए।
मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी तथा हिन्दु-वौद्ध राष्ट्रको एजेण्डालाई जोडदार रूपमा उठाइरहेका छन् ।