arrow

इटालीले अनुहार पहिचान प्रविधिमा लगायो प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
facebook-facial-recognition.jpg

काठमाडौं । सुरक्षाको आधुनिक तरिका रुपमा सर्वत्र रहेको अनुहार पहिचान (फेसियल रिकग्निसन) प्रणालीको प्रयोगमा इटालीले सोमबारदेखि प्रतिबन्ध लगाएको छ। 

देशको प्राइभेसी वाचडग डाटा प्रोटेक्शन एजेन्सीले अर्को वर्षको अन्त्यसम्म मात्र आउन सक्ने कुनै विशेष कानून बिना यो प्रविधिको प्रयोगमा रोक लगाउन आदेश दिएको हो ।

अनुहार पहिचान प्रणालीहरूले प्रयोगकर्ताको पहिचान पुष्टि गर्न मद्दत गर्दछ । जबकि स्मार्ट चश्मा दृष्टिविहीन व्यक्तिहरूको लागि सहयोगीका रुपमा रहेको छ ।

यी प्रविधिमा प्रयोग गरिएको एआईले अनुहारको विभिन्न अंकगणितीय नाप गरेर मान्छे पहिचान गर्छ।

यद्यपि यो प्रतिबन्धमा अपवादका रुपमा रहेको छ। किनकि न्यायिक अनुसन्धानका लागि भने यो प्रविधि प्रयोग गर्न मिल्ने एजेन्सीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ