arrow

रवि लामिछाने भन्छन् – अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
ravi-lamichhane-voting-2079.jpg
तस्बिर – फाइल ।

भरतपुर  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए । 

“देशभरको रिपोर्टिङले उत्साहित छु”, उनले भने, “सबै मतदाताले विश्वास गरेका छौँ है भनेका छन् ।” उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए । “हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ”, उनले भने  ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । “एकछिन मतपत्र हेरेर बसेँ,” उनले भने, “ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।” देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए । 

लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताए । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ