arrow

यसरी रचे कांग्रेसका तिमल्सिनाले इतिहास 

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
devtimalsina.jpg

चन्द्रपुर। रौतहटको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा दोस्रो पटक निर्वाचित हुँदै नेपाली कांग्रेसका नेता देव प्रसाद तिमल्सीनाले इतिहास रचेका छन् । 

तिमल्सिनाले २०७४ मा एमालेका डा. वंशीधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले हराएका थिए भने २०७९ को निर्वाचनमा एमालेकै उद्धव रेग्मीलाई ७ हजार ६ सय २ मतान्तरले हराएका छन् । 

नेता तिमल्सिनाले ३४ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी उद्धव रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरे । 

यो क्षेत्रमा दुई पट्क निर्वाचित हुने तिमल्सिना पहिलो उम्मेदवार बन्दै इतिहास रच्न सफल भएका छन् । 

यस्तो छ क्षेत्र नम्बर ४ को इतिहास 
२०४८ सालमा एमालेका डा.वंशीधर मिश्र विजयी भएका थिए ।
२०५१ सालमा कांग्रेसका उद्धव ढकाल विजयी भएका थिए ।
२०५६ सालमा कांग्रेसका प्रकाश कोइराला विजयी भएका थिए । 
२०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादीका देवेन्द्र पटेल विजयी भएका थिए ।
२०६८ सालको दोस्रो संविधानसभाको चुनावमा एमालेका रामकुमार भट्टराई विजयी भएका थिए ।
२०७४ मा कांग्रेसका देव प्रसाद तिमल्सिना विजयी भएका थिए भने पुनः २०७९ सालको चुनावमा देव प्रसाद तिमल्सिनानै विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ