arrow

नेपाली पात्रोको नयाँ रेडियो अपडेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
nepali-patro.jpg

काठमाडौं । दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनि भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने काम त गर्नुका साथै यसले रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको नेपाली पात्रोले जनाएको छ । 

‘हामी हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई वहाँहरुका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर ‘अद्भूत रेडियो – रेडियो पनि अनलाइन समाचार पनिु सार्वजनिक गरेका छौं । जसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नुहुनेछ । ती समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ ।  सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएमररेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिनेछ ।’, नेपाली पात्रोले भनेको छ । 

उसले विज्ञप्ति जारी गरी अगाडि भनेको छ, ‘यो अद्भूत किन छ भने यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्नुहुनेछ । साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग(इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्नुहुनेछ । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् । नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गर्नुभयो अथवा अनइन्स्टल गरी इन्स्टल गर्नुभयो भने लगइन नगरी फेब गरिएका रेडियो लिस्टहरु फेब सूचीमा देखिनेछैनन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ