arrow

ह्वाट्सएप डाटा लीक: ५० करोड प्रयोगकर्ताको फोन नम्बर बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
whatsapp8.jpg

काठमाडौं । सबैभन्दा ठुलो डाटा लिकमध्ये पर्ने गरी करिब ५० करोड ह्वाट्सएप प्रयोगकर्ताहरूको फोन नम्बर डार्क वेबमा बिक्रीमा राखिएको पाइएको छ । इन्क्रिप्टेड सिस्टम र आधुनिक सुरक्षा फोरमको बाबजुद पनि ह्वाट्सएपको डाटा ह्याक भएको हो ।

ह्याकरले डाटा कसरी प्राप्त गर्‍यो भन्ने कुरा भने, अझै पत्ता लागेको छैन । व्हाट्सएपका करिब २ अर्ब प्रयोगकर्ताहरू छन् जसमध्ये अमेरिका, बेलायत, टर्की र फ्रान्सलगायत ८४ देशबाट ४८ करोड ७० लाख प्रयोगकर्ताहरूको डाटा बिक्रीमा राखिएको साइबरन्यूजले जनाएको छ ।

आफ्नो रिपोर्टमा लिक भएको डाटा सक्रिय प्रयोगकर्ताहरूको भएको समेत साइबरन्यूजले जनाएको छ ।

बिक्रेताले अमेरिकाबाट ३ करोड २० लाख, बेलायतबाट ११ करोड, रुसका १ करोड र भारतका ६० लाख प्रयोगकर्ताका फोन नम्बर जोखिममा रहेको भन्दै पोष्ट गरेका छन् ।

साइबरन्युजले यो साँचो हो कि भनेर जान्नको लागि ह्याकरलाई सम्पर्क गरेको दाबी गरेको छ। त्यसपछि ह्याकरले प्रमाणको रूपमा बेलायतका १,००० भन्दा बढी प्रयोगकर्ताहरूको नम्बर प्रदान गरेको एनडीटीभीले जनाएको छ ।

मेटा स्वामित्वको प्लेटफर्मको डाटा लिक भएको यो पहिलो पटक भने, होइन। यस्तै उदाहरण अन्तर्गत गत वर्ष नेपाल सहितका कयौँ देशका ५० करोड फेसबुक प्रयोगकर्ताको डाटा लिक भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ