arrow

ऋतुराजले रचे इतिहासः एकै ओभरमा सात छक्का हाने, बन्यो ४३ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
rhituraj-gayakwad-india-cricket.jpg

काठमाडौं । भारतीय युवा क्रिकेटर ऋतुराज गायकवाडले विश्व कीर्तिमान रचेका छन् । उनले अहिलेसम्म नबनेको एकै ओभरमा सात छक्का प्रहारको कीर्तिमान रचेका हुन् । 

भारतमा जारी विजय हजारे ट्रफीमा महाराष्ट्र टोलीका कप्तान ऋतुराजले सोमबार एकै ओभरमा यस्तो कीर्तिमान बनाएका हुन् । उनले ४९औँ ओभरमा उत्तर प्रदेशका शिव सिंहलाई पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चार छक्का हाने । त्यसपछि पाँचौँ बलमा पनि उनले छक्का हाने । तर उक्त बल नो बल भएपछि उनले प्राप्त अर्को बल र अन्तिम बलमासमेत छक्का हान्दै इतिहास रचे । नो बल भएसँग टिमले एक रन थप पायो । 

क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा सात छक्का भएको यो पहिलो पटक हो । 

उक्त खेलमा ऋतुराजले ओपनिङ गर्दै १५९ बलमा अविजित रहँदै २२० रन बनाए । सो क्रममा उनले १६ छक्का र १० चौका हानेका थिए । उक्त खेलमा महाराष्ट्रले ५ विकेटको क्षतिमा ३३० रन बनायो । जवाफमा उत्तर प्रदेशले ४७.४ ओभरमा सबै विकेट गुमाएर २७२ रन बनाएसँगै महाराष्ट्र ५८ रनले विजयी भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ