arrow

मोरोक्को र क्रोएसिया 'राउण्ड अफ सिक्सटिन' प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल अन्तर्गत समूह 'एफ' बाट मोरोक्को र क्रोएसिया क्रमश समूह विजेता र उपविजेताका रूपमा दोस्रो चरण प्रवेश गरेका छन्। बेल्जियम र क्यानडाको विश्वकप यात्रा समूह चरणमै टुङ्गिएको छ।

क्रोएसिया र बेल्जियमको खेल बराबरीमा टुङ्गिए पछि ५ अङ्कका साथ क्रोएसिया दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो भने बेल्जियम ४ अङ्कका साथ तेस्रो हुँदै रोकिएको हो।

उता मोरोक्कोले क्यानडा माथि २-१ गोलको जित निकाल्दै समूह विजेता बनेको थियो। तीन खेलमा पराजित हुँदै क्यानडा समूहमा विना अङ्क चौथो रहेको हो।

मोरोक्कोका लागि खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए। त्यसै गरी खेलको २३औं मिनेटमा युसेफ एन नेस्रीले गोल गर्दै २-०को अग्रता दिलाएका थिए।

खेलको ४०औं मिनेटमा मोरोक्कोका नाएफ अग्वेर्डले आत्मघाती गोल गर्दै क्यानाडालाई १ गोल उपहार दिएका थिए। खेलमा भएका तीन गोल नै निर्णायक गोल साबित भयो।

राउण्ड अफ सिक्सटिनको खेलमा मोरोक्कोले समुह 'ई'को उपविजेतासंग खेल्ने छ भने क्रोएसियाले विजेताको सामना गर्ने छ। समूह 'ई'मा कोस्टारिका-जर्मनी र जापान-स्पेन भिड्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ