arrow

विश्वकप फुटबल: समूह चरणका अन्तिम खेलहरू हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
qatar-worldcup-2022.jpg

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेलहरू हुँदै छन्। समूह 'जी' र समूह 'एच'का खेलहरू शुक्रवार राती र शनिवार बिहान हुनेछन्। यी खेलहरू सकिएसँगै पहिलो चरणका खेलहरू सकिने छन् र राउण्ड अफ सिक्सटिनका खेलहरूका लागि सबै टो॥को छनोट हुनेछ।

समूह 'जी'मा ब्रजिल-क्यामरुन र सर्विया-स्विजरल्याण्ड भिड्दै छन्। यो समूहबाट ब्रजिलले दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ भने तीन टोली दोस्रो चरण जाने होडमा रहेका छन्। ब्रजिल दुई खेलमा ६ अङ्क सहित पहिलो स्थानमा रहेको छ भने स्विजरल्याण्ड दुई खेलमा ३ अङ्क र क्यामरुन- सर्वियाको १-१ अङ्क रहेको छ।

स्विजरल्याण्डले सर्वियालाई हराए दोस्रो चरणमा सिधै प्रवेश पाउने छ । क्यामरुनले ब्रजिललाई हराएमा सर्विया-स्विजर्लयाण्डको नतिजाले निर्धारण गर्ने छ। सर्वियाले स्विजरल्याण्डलाई हराउँदा ब्रजिल क्यामरुनसँग पराजित हुँदा गोलान्तरका आधारमा निर्णय हुनेछ। ब्रजिलले जिते सर्विया सिधै दोस्रो चरणमा प्रवेश गर्ने छ।

आजको खेलमा ब्रजिललाई प्रेसर नहुने हुनाले उल्ले कस्तो टिम उतार्छ त्यल्ले पनि खेलको निर्णयमा फरक पार्नेछ। प्रमुख खेलाडीहरूलाई आराम दिएर खेल्दा नतिजा क्यामरुनको पक्षमा पनि जान सक्छ । यसै कारण यो समूहको खेल रोमाञ्चक हुने छ।

त्यसैगरि समूह 'एच'को स्थिति पनि समूह 'जी' जस्तै रहेको छ। पोर्चुगल र दक्षिण कोरिया भिड्दै छन् भने घाना र उरुग्वे आमनेसामने हुँदै छन्। पोर्चुगलले दोस्रो चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ भने घाना दुई खेलमा तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। दक्षिण कोरिया र उरुग्वे १-१ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

घानालाई जीतले सजिलै दोस्रो चरण पुर्‍याउँछ भने उरुग्वे विजयी हुँदा पोर्चुगलले दक्षिण कोरियालाई पराजित गरे उरुग्वे दोस्रो चरणमा पुग्ने छ। दक्षिण कोरियाले पोर्चुगललाई पराजित गर्दा उरुग्वे विजयी भए दोस्रो चरणको निर्णय गोलान्तरले गर्नेछ।

पोर्चुगल दोस्रो चरणमा प्रवेश गरिसकेको हुनाले उसले आफ्ना प्रमुख खेलाडीहरूलाई आराम दिन सक्छ । यसको फाइदा दक्षिण कोरियालाई हुन जाने छ।

समूह 'एच'को खेल शुक्रवार राती ०८:४५मा हुने छ भने समूह 'जी'को खेल शनिवार बिहान ००:४५ बजे हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ