arrow

भरतले मायाको हत्या गरेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
maya-luhar.jpg

बैतडी ।  बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ । 

बैतडीको शिवनाथ गाउँपालिका-४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

मायाको शिवनाथ गाउँपालिका-६ को शिवनाथ मन्दिर नजिकै जङ्गलमा आधा घाँटी रेटेको अवस्थामा गत बुधबार शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको उपचार भइरहेको छ । 

सशस्त्र प्रहरीका जवानसमेत रहेका भरतलाई आइतबार कञ्चनपुरको  महेन्द्रनगरबाट पक्राउ गरिएकामा सोमवार सार्वजनिक गरेको हो । मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा भरतको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । 

प्रेमसम्बन्धमा रहेका माया र भरतबीच प्रेमसम्बन्धकै बारेमा खटपट हुँदा घटना भएको जनाएको छ । मायाको मोबाइल गत आइतबार भरतले आफ्नो नियन्त्रणमा राखेको र मायाको अन्य केटाहरूसँग पनि प्रेमसम्बन्ध रहेको शङ्कामा भरतले मायाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थपेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ