arrow

चुनाव जिते लगत्तै डा.शर्माले भने- अब गोठ गाउँमै माघ १ गतेदेखि अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
dr-sunil-sharma-single-always.jpg

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् ।

कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिए । 

‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, यसमा कुनै इन्तु किन्तु परन्तु केही चल्दैन,’ सांसद शर्माले भने, ‘अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेरो तर्फबाट सबै सहयोग गर्छु, कुनै पनि हालतमा अस्पताल चलाउँनैपर्छ ।’

सांसद शर्माले अस्पताल सञ्चालनका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । नोबेल अस्पतालका सञ्चालकसमेत रहेका सांसद शर्माले अन्य उपाय नलागेमा एक वर्षका लागि चिकित्सकको व्यवस्था आफैले मिलाइदिने घोषणासमेत गरेका छन् । 

आसपास क्षेत्रका सर्वसाधारणको सहजताका लागि अस्पताल सञ्चालन गर्नु अपरिहार्य रहेकोमा जोड दिदैं डा.शर्माले यो विषयमा राजनीति नगर्न सबैलाई आग्रह पनि गरे ।

शर्माले आफ्नो चुनावी प्रतिबद्धता पत्रमै विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । 

मेडिकल कलेजका लागि कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले त्यसैका लागि डा.शर्मा आक्रामक रूपमा लागेका हुन् । अस्पताल सञ्चालनपछि मेडिकल कलेज सञ्चालनको तयारीमा जुट्ने डा.शर्माको तयारी छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले अब ३ सय शय्याको अस्पताल सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गरे । 

अस्पताल र मेडिकल कलेज सञ्चालनका अनुभवी डा.शर्मा नै सांसदमा निर्वाचित भएकाले अस्पताल सञ्चालनमा सहजता मिलेको उनको भनाई छ । चुनाव जिते लगत्तै एक्सनमा उत्रिएका डा.शर्माले मतदातासँग गरेको बाचा अनुरूप यसअघि नोबेल अस्पतालमा ५० शय्याको निःशुल्क क्याबिन सेवा पनि सञ्चालन गराइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ