arrow

राप्रपामा असन्तुष्टिः पार्टी कार्यालयमा तालाबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
tala bandi.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले कास्कीस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । समानुपातिक सांसद छनोटका विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताले आज दिउँसो पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

समानुपातिकतर्फ कास्कीमा पार्टीले राम्रो मत प्राप्त गर्दा पनि सांसद नपारेको भन्दै असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेको बताइएको छ ।  राप्रपाले कास्कीमा करिब १८ हजार मत प्राप्त गरेको थियो ।

‘कास्कीबाट संघ तथा प्रदेश जता भएपनि सांसदको आशा गरिएकोमा पार्टीले वेवास्ता गरेको महसूस गर्दै केही नेता र कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन्’, पार्टी प्रवक्ता अरुण गिरीले भने । उनीहरुलाई सम्झाएर तालाबन्दी खुलाउने प्रयास भइरहेको प्रवक्ता गिरीले बताए । 

पार्टीको जिल्ला र प्रदेश कार्यालय एकै ठाउँमा भएकाले कास्कीमा तालाबन्दी हुँदा प्रदेश कार्यालयमा काम गर्न कठिनाइ भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ