arrow

अर्जुननरसिंह केसी र बाबुराम भट्टराईबीच भ्रष्टाचारविरुद्ध मिलेर लड्ने प्रतिबद्धता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
arujnnarasingh-kc-baburam-bhattarai.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शीर्ष नेताहरुसँगको भेटघाट एवं छलफललाई कायमै राखेका छन् । प्रमुख प्रतिपक्ष दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गत आइतबार भेटघाट गरी शीर्ष नेतासँगको भेटघाटलाई तीव्रता दिएका नेता केसीले आज पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेका हुन् । 

डा. भट्टराईको निवास टोखामा करिब डेढ घण्टा छलफल भएको केसीको सचिवालयले जनाएको छ । भेटघाटमा दुवैले भ्रष्टाचारविरुद्व एक भई लड्ने प्रतिवद्वता गरेका छन् । 

छलफलका क्रममा गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षासमेत भएको छ ।

निर्वाचनमा सत्ता गठबन्धनको बहुमत नआएको अवस्थामा अब कसरी नयाँ सरकार गठन हुन सक्छ भन्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ । 

त्यस्तै अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधारणा बनाएर र सहकार्य गरी अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । 

कांग्रेस नेता केसीले यसअघि केपी ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ