काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसँगै समानुपातिकबाट बनेका सांसदको विवरणसमेत सार्वजनिक गरेको छ । पार्टीले प्राप्त गरेको मतका आधारमा ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गर्ने दलको मतलाई विभाजन गरेर प्रतिनिधि सभामा ११० जना सांसदको कोटा पूरा गराइएको छ ।
जसअनुसार नेकपा एमालेले सबैभन्दा बढी ३४, नेपाली कांग्रेसलले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सांसद पाएका छन् ।