arrow

रवि लामिछाने दलको नेतामा सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानीलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए पनि सोमबार बिहान गोप्य रूपमा बसेको बैठकले लामिछानेलाई नै दलको नेता चुनेको हो ।

रास्वपा सभापति लामिछानेले सरकारमा जान विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ