arrow

'राप्रपाले सरकारमा नजाने भनेर कसम खाएको छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
rajendra-linden-rpp1.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले  राप्रपाले सरकारमा नजाने भनेर कसम नखाएको बताएका छन् । सोमबार एक कार्यक्रममा अध्यक्ष लिङ्देनले कसम  नखाए पनि सरकारमा जान हतारो नभएको बताएका हुन् । 

“राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,” उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने बताए । उनले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गरे । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ