arrow

सांसदलाई पशुपति शमशेरले खुवाउने भए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
pashupati-shamsher-rana-rpp.jpg

काठमाडौं । राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका छन् । 

 संसद्मा सबैभन्दा ज्येष्ठ सांसदका आधारमा जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका हुन् ।

जनमोर्चाका चित्रबहादुर केसी भन्दा पशुपतिशमशेर जबरा १ महिना २६ दिन जेठो निस्किएपछि जबराले शपथ गराउने भएका हुन् । 

ज्येष्ठ सदस्य टुङ्गो लागेपछि सङ्घीय संसद्ले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएपछि जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ